फोरम नेपालपार्टिको कपिलवस्तु समन्वय समितिको दोस्रो ऐतिहासिक जिल्ला अधिवेश सम्पन्न ।

प्रकाशित मिति:

इमरान खान कपिलवस्तु १६ बैशाख । “सम्मपुर्ण उत्पिडित समुदाय तथा श्रमजीवि वर्ग एक होऔं” भन्ने नाराका साथ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा संघिय समाजवादी फोरम नेपाल पार्टिको कपिलवस्तु समन्वय समितिको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशबाट अध्यक्षमा शैलेन्द्र कुमार यादव लगायात ३६ सदस्यीय समिति सर्बसम्मातिबाट चयन भएका छन ।

कार्यक्रमको अध्यक्षता पार्टि फोरम नेपालका कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव कार्यक्रमका प्रमुख अतिथि संघिय समाजवादी फोरम केन्द्रिय राजनितीक समिति सदस्य, पार्टि संसदीय दलका नेता एवम प्रदेश नं ५ प्रदेश संसद सहसराम यादव , बिशिष्ठ अतिथिमा पार्टि केन्द्रिय सदस्य राम बरण यादव, प्रदेश नं. ५ का प्रदेश मुख्य सचिव अब्दुल रसिद खाँ, प्रदेश सचिव सन्दिप पाण्डेय, प्रदेश सदस्य गीता श्रीवास्तव, प्रदेश प्रवक्ता एवम युवा नेता अकरम पठान, जिल्ला महिला अध्यक्ष रोजन निसा, महिला नेत्री महरानी थारु, जिल्ला युवा नेता इरफान रजा, शैलेस प्रताप शाह लगायतका उपस्तिथि रहेको थियो । कार्यक्रमका सञ्चालक बिशराम यादवले गर्नु भएको थियो ।