खेलाडिलाई बिदाई ,पाँच नम्बरलाई खेलकुदको रुपबाट चिनाउन सकिन्छ : मन्त्री बराल

प्रकाशित मिति:

बुटवल बैशाख १६ \ पाँच नम्बर प्रदेशक सामाजिक बिकास मन्त्री शुर्दशन बरालले यो प्रदेशमा रहेका पुराना खेलको समक्षण गर्दे नयाँ भित्राउनको लागि सरकारले योजनाबद्ध रुपमा काम गरेको बताएका छन् । आज रुपन्देहीबाट मलेसियामा हुनथालेको खेलकुद प्रतियोगता भाग लिनजाने खेलाडीहरुको बिदाई कार्यक्रमा बोल्दैमन्त्री बरालले पाँच नम्बर प्रदेशमा खेलकुदको पुर्वधार विकास,खेलाडी क्षमता अभिबृद्धि गर्नको लागि प्रदेश खेलकुद आयोग गठन प्रकृया रहेको बताए । उनले नयाँ खेलको बर्गिकरण गनु जरुरी रहेको पनि बताए ।

बैशाख २०,२१,२२ गते हुने मलेसियामा हुने १६ औं ओकीनवा गोजुरियो अन्तराष्ट्रिय करांते खुल्ला प्रतियोगितामा नेपालको प्रतिनिधित्व रुपन्देहीका कोच सहित ११ जना खेलाडी जादैछ । नेपाल रेन्बुकाई करांते डो संघ जिल्ला कार्यसमिति,रुपन्देहीका अध्यक्ष मनोज रानाको अध्यक्षता भएको बिदाई कार्यक्रमा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले खेलाडीलाई राज्य सम्मान गर्न नसकेको बताए ।यस्तैपुर्व विद्यायक बिनोद पहाडी,समाजसेवी राम प्रसाद बन्जाडे,नमस्ते एकेडमीका प्रवन्धक रामु जोशी,प्रशिक्षक मोहमद आलम लगायत बोलेका थिए ।कार्यक्रमको संचालन मुक्ती बस्याल गरेको छ ।