पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा ५ को ज्यान गयो

१६ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
74 Shares


पाल्पा-पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।

निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया