सूर्यविनायकमा गरिमा बैंकको शाखा

प्रकाशित मिति:

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले बैशाख १६ गते सोमबार भक्तपुरको सूर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकश्री भुवन कँडेलले सो शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटासहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् ।
विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले आर्थिक बर्ष २०७५र७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु।३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु।२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । यो अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।