‘छ माया छपक्कै’ मा दीपकराजको जोडी केकी

प्रकाशित मिति:

काठमाडौँ -बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् ।

प्राप्त जानकारी अनुसार, आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । यस फिल्मको सोमवार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमका बीच निर्माण घोषणा हुँदैछ । दीपक शर्माको संगीत रहने फिल्ममा दीपक र केकीका अलवा केदार घिमिरे र जितु नेपालको पनि अभिनय रहनेछ । यस वर्षको दशैंमा फिल्म प्रदर्शनमा आउँदैछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । उनलाई केदार र जितुले सघाएका छन् । गएको तीन वर्षदेखि छक्का पञ्जाको सिरिज निर्माण गर्दै आइरहेको दीपकराजको समुहले विना लगानी यो फिल्म ५० प्रतिशत मुनाफा दिने सर्तमा काम गर्न लागेको हो ।

यस फिल्ममा सम्पूर्ण लगानी गाजलु निर्माता रोहित अधिकारीको रहनेछ । आफ्नो टिमलाई दर्शकले गरेको विश्वासका कारण दीपकराजको समुहले बाहिरी ब्यानरको सहकार्यमा मुनाफा काम गर्ने जोखिम उठाएको हो । ‘छ माया छपक्कै’ पछि झ्यानाकुटीु निर्देशक सिमोस सुनवारसँग पनि ६० प्रतिशत मुनाफामा उनीहरु काम गर्दैछन् ।