मगर राष्ट्रिय परिषद प्रदेश संयोजक चयन

प्रकाशित मिति:

बुटवल, १७ बैशाख । मगर राष्ट्रिय परिषद् संघिय समितिको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा संगठन बिस्तारका साथै सबै प्रदेशका संयोजकको पनि टुंगो लगाइएको छ । जसमध्य प्रदेश नं १ को संयोजकमा देबबहादुर मगर, प्रदेश नं २ को संयोजकमा कुमार सस्लीङ् मगर (महोत्तरी), प्रदेश नं ३ को संयोजकमा कोमल बहादुर मगर (रामेछाप), प्रदेश नं ४ को संयोजकमा मञ्जु थापा मगर (गोर्खा), प्रदेश नं ५ को संयोजमा चोपलाल राहुल मगर (कपिलबस्तु), प्रदेश नं ६ को संयोजकमा उवीलाल घर्तीमगर (जाजरकोट) र प्रदेश नं ७ को संयोजकमा कृष्ण बहादुर बुढामगर (कैलाली) लाई चयन गरीएको छ । साथै बिभागिय संयोजकमध्ये आर्थिक तथा प्रशासनिक बिभाग संयोजकमा बुद्धिराम ढेँगा मगर (नवलपुर), बिदेश बिभाग संयोजकमा नर बहादुर पुन मगर (बाग्लुङ्ग),अनुशासन तथा न्याय बिभाग संयोजकमा उविलाल घर्तीमगर (जाजरकोट) र प्रचार प्रसार तथा सञ्चार बिभाग संयोजकमा नम्सु सुनारी मगर (नबलपुर) लाई चयन गरिएको संयोजक बोम दर्लामी मगरले जनाए ।
कार्यक्रममा शुभकामना मन्तब्य प्रस्तुत गर्दै प्रमुख अथिति नयां शक्ति पार्टी नेपाल प्रदेश ५ संयोजक कमल खनालले नयाँ शक्ती पार्टीले आदिवासी,जनजाति,दलित महिला मदेशीहरुको पहुँच र अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । बैठकमा बोल्दै परिषदको केन्द्रीय अध्यक्ष बोम दर्लामीले आदिवासी जनजातिको पहिचान सहितको अधिकार दिने र सोही आधारमा राज्यको पुनःसंरचनामा नामाङ्कन, सिमाङ्कनका बारेमा बोल्ने नयाँ शक्ती पार्टी मात्रै रहेको बताए ।