अर्घाखाँची जिप दुर्घटना, चन्द्रौटाकि युवतीको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँची-अर्घाखाँचीको ठाडा अमराईबाट जलुके तर्फ जादै गरेको जिप जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।ठाडाबाट प्युठानको कोल्बोट जादै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका १८ बर्षीय सिता उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएकी उपाध्यायको उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो ।उपाध्यायले टाउको बाहिर निकालेका कारण च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छजिपको उकालो सडकमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।