बालुवाटार जग्गा प्रकरणमा देउवै भए पनि नछोडौं : नेता सिंह

प्रकाशित मिति:

काठमाण्डौ — नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा दोषी देखिए उनलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । संखुवासभाको खाँदवारीमा प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले यस्तो कुरा बताएका हुन् । उनले भने कांग्रेसका नेता या अरु कुनै पार्टीका हुन्, यसको निष्पक्ष तवरले छानविन गर्नुपर्छ र कारबाही हुनुपर्छ,’ । सिंहले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको र संघीयता कार्यान्वयनमा असफल रहेको आरोप समेत लगाए ।

‘सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको छ भन्दै आफुहरुले त्यस्तो हुन नदिने स्पष्ट पारे ।

नेता सिंहले सरकार नेकपाका नेताका गल्ती ढाकछोप गर्न लागेको समेत आरोप लगाए । उनले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको दाबी गरे । डेढ वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताए । उनले अहिलेको सरकार सबै क्षेत्रमा सरकार असफल हुँदै गएको दाबी गरे ।