१४औं पटक सगरमाथातर्फ लागे फुर्वा

प्रकाशित मिति:

काठमाडौँ – विविल राईज फाउण्डेसनले ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ मेरो ठाउँ’ संचालन गरीरहेको छ ।यसै सन्दर्भमा मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयास अनुरुप किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले आफ्नो आरोहणको १४ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा जानेक्रममा ‘मेरो गाउँ मेरो ठाउँ’ अंकित झण्डा फहराउने प्रतिबद्धता अनुरुप आज विहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

यसअघि १३औं पटक सफल आरोहण गरिसकेका फुर्वाले आफ्नो १४औं पटकको सगरमाथा आरोहणका क्रममा पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई सगरमाथामा फहराउदै छन् ।

फुर्वालाई यहि बैशाख ४ मा भिडियो च्यालेन्ज अभियानको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज अंकित झन्डालाई राष्ट्रिय सभा सांसद कोमल ओली, भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, फुटबल टिमका पुर्व कप्तान राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललगायतले सगरमाथा आरोही शेर्पालाई हस्तान्तरण गरेका थिए ।सगरमाथा अरोहि फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठुलो योगदान दिने बताएका छन् ।

भिडियो च्यालेन्जमा भाग लिने तरिका

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ ।दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ।साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५र२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी  मार्फत (www.wwrf.org.np)अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ ।