श्वेताको ट्युमर निकालियो

प्रकाशित मिति:

काठमाडौँ — अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर शल्यक्रियापछि निकालिएको छ । घाँटी र चिउँडोमा अत्यधिक दुखाई भएपछि भारतको बीएलके अस्पतालमा उनको सफलतापूर्वक ट्युमर निकालिएको हो ।

साताअघि मात्रै खड्का आफ्नो नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ को छायांकनका लागि लन्डन पुगेकी थिइन्।बेलायत आउनु केही दिनअघि पनि मेरो घाँटी र चिउँडोमा दुखाई महसुस भएको थियो’ शल्यक्रियापछि लामो फेसबुक स्टाटस लेख्दै अभिनेत्री खड्काले भनेकी छन्,‘त्यो बेला डाक्टरले ट्युमर भएको तर तत्काल खासै ठुलो समस्या नदिने र केही महिनापछि अप्रेसन गरी फाल्दा पनि हुने बताउनु भएको थियो। तर लन्डन आएपछि दुखाई सहनै नसक्ने गरी बढ्यो।’

 

उनको अप्रेसनपछि आफूले डरलाग्दो अवस्थाबाट जीत हासिल गरी नयाँ जीवन पाएको टिप्पणी गरेकी छन्।अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण ‘हेल्लो जिन्दगी’ खेल्न नसक्ने पनि जनाएकी छन्। ‘म फिल्म खेल्ने जून उत्साहका साथ लन्डन आएकी थिएँ। यति बेला मेरो स्वास्थ्यस्थितीका कारण खेल्न असमर्थ भएकी छु। मेरा लागि यसले अर्को पीडा थपिदिएको छ’ खड्काले आफ्ना शुभचिन्तक दर्शकको आफूप्रतिको आशालाई निराशा बनाएकोमा पनि दुःख व्यक्त गरेकी छन्।‘कहाँ भेटिएला’ मार्फत नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री खड्काको पछिल्लो फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको थियो।