मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट

सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पा सदरमुकाम लिबाङ नजिकै तित्रीकोट जंगल क्षेत्रमा विस्फोट भएको थियो

प्रकाशित मिति:

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा बिहान ११ बजे पनि बम विस्फोट भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो। तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दीपेन्द्रकुमार पुनले जानकारी दिए। सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जाँदै थिए। उक्त समयमा बम विस्फोटको भएको खबर आफूले पाएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए।

तर, मुख्यमन्त्रीसँगे गएका रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काले भने बम विस्फोट भएको बारे आफूलाई कुनै जानकारी नआएको बताए। भने, ‘सामान्य केही वस्तु पड्काएका होलान्, ठूलो केही होइन। सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पा सदरमुकाम लिबाङ नजिकै तित्रीकोट जंगल क्षेत्रमा विस्फोट भएको थियो।  नागरीकवाट