जेष्ठ महिनामै प्राचिन देवदह राष्ट्रिय काष्ठकला कार्यशाला गरिने

प्रकाशित मिति:

देवदह-देवदह स्थीत बुद्ध सामुदायिक वनमा बनेको गौतम बुद्ध राष्ट्रिय उद्यानमा प्राचिन देवदह राष्ट्रिय काण्ठकला कार्यशाला आयोजना हुने भएको छ । ड्रिम देवदह युनिटी फर चेन्ज ले आयोजना गरेको देवदह पार्क सम्मेलनको छलफल पछि सामुदायिक वनले नेपाल ललितकला प्रतिष्ठान, देवदह नपा संग मिलेर राष्ट्रिय कार्यशाला आयोजना हुन लागेको हो ।

देवदहमा आज बुद्ध सामुदायिकवन उपभोक्ता तथा पार्क समिती, ड्रिम देवदहका प्रतिनिधी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि र वडा नम्बर ५ र ६ का वडा अध्यक्षहरु विच भएको अन्तरक्रियाले गौतम बुद्ध राष्ट्रिय उद्यानमा स्थापित हुने गरी प्राचिन देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६ गर्ने समझदारी भएको हो । वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपाने र दामोदर क्षत्रिले कार्यशालाका आवश्यक सहयोग नगरपालिकाले पुर्याउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा कार्यशालाको अवधारणा र स्वरुप बारे ड्रिम देवदहका अभियन्ता संयोजक सिद्धिचरण भटराई, ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट प्राज्ञहरु गोविन्द चौधरी र यम बहादुर थापाले स्पष्ट पार्नु भएको थियो ।अभियन्ता भटराईले कलाकारहरुलाई विज्ञहरुले बिषयवस्तु लिन सकिने बताउँदै पार्क मानिसहरुको आस्था बिश्वास, सष्कृति र प्राचिन सभ्यतालाई जोड्दा भव्य पार्क बन्ने र आन्तरिक र बाह्य प्रर्यटकहरु आउने क्रम बढने बताउनु भयो । लुम्बिनी भ्रमण बर्षको अवसर पारेर कार्यशालाको मिति आगामी बैठकबाट तोक्ने निर्णय भएको छ ।प्रतिष्ठानका प्राज्ञहरुको अगुवाईमा हेटौंडाको शहिद पार्कको शहिद स्मारक, बुटवलको हिलपार्क, काठमाण्डौमा युद्धस्मारकहरु लगायत ९ वटा राष्ट्रिय कला कार्यशालाहरु भएका छन । सामुदायिक वनका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा ड्रिम देवदहका अभियन्ताहरु टंक पोखरेल र दिपेश बश्यालले आफना धारणाहर राख्नु भएको थियो ।