देशकै नमुना इजलास बनाएका छौ : प्रमुख कार्की

प्रकाशित मिति:

सैनामैना । न्यायिक प्रकृया सहज होस भन्ने उद्धेश्यले सैनामैनामा नेपालकै नमुना इजलास बनाइएको सैनामैनाका प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ । सैनामैनाको न्यायिक इजालसबाट भेैरहेका गतिबिधीहरुको प्रगति बारे बताउने क्रममा प्रमुख कार्कीले सो कुरा बताउनु भएको हो।इजलास कक्षको शुभारम्भ गर्दै सैनामैनामा कोही पनि बिवादको कारणले लामो समयसम्म तनावमा बस्न नपरोस भन्ने तर्फ ध्यान दिइएको नगर प्रमुख कार्कीले बताउनु भएकोछ । गाउँ गाउमा सिहंदरवार भने झैं सैनामैनामा वडावडामा न्याय पाउने बातावरण बनाएका छौ” कार्कीले बताउदै कुनै पनि बिवाद हप्ता दिन भित्रै समाधन गर्ने गरी न्यायिक समितिको काम कार्वाही अगाडी बढाइएको समेत प्रमुख कार्कीले बताउनु भयो । मेलमिलाप कर्ताले बिवादिद दुवै पक्ष पुर्वग्राह नराखी न्यायसंगत ढंगले न्याय दिनु पर्ने समेत कार्कीले आग्रह गर्दै न्याय नपाए गोर्खा जानु भने झैं अब न्याय नपाए सैनामैना आउने बातावरण बनाउने कुरामा नगरको ध्यान रहेको उल्लेख गर्नु भएकोछ ।

सैनामैनामा वडावाटै मिलाइन्छ बिबाद,दर्ताभए ६० बिवाद ,१७ भए मिलाप बाकी प्रकृयामा सैनामैना नगरपालिकामा धेरै जसो बिवाद वडाबाटै मिलाउने गरेको छ । यसका लागी नगरपालिकाले बडा स्तरमै मेलमिलाप समिति बनाएको छ ।सो मेलमिलापका लागि प्रत्येक वडामा ५ देखी ७ जनाको मेलिमलाप समिति बनाइएको छ । २८ जनाको नगर स्तरीय मेलमिलाप समिति समेत बनाएको छ भने नगर भरीमा कुल १०३ जना मेलिमलाप कर्ता रहेका छन ।सैनामैनामा हाल सम्म ६० वटा बिवाद दर्ता भएकोमा १७ वटा बिवाद मिलाइएको सैनामैनाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले बताउनु भएकोछ । नगरबाट मिल्न नसकेको बिवाद अदालत पठाइने गरेको उपप्रमुख रानाले जानकारी दिदै बाकी रहेको मुद्धा प्रकृयामा रहेको समेत उपप्रमुख रानाले बताउनु भयो ।अब नगरको हरेक बिबादहरुलाइ अदालतमा जान नपर्ने गरि दुबै पक्षलाइ जितको महसुस हुनेगरी न्यायिक समितिमै छलफल गराइ बिवादको समाधान गर्ने तर्फ नै न्यायिक समितिको ध्यान रहेको समेत उप प्रमुख रानाले बताउनु भएको छ। सैनामैनाको न्यायिक प्रकृयालाइ प्रभावकारी रुपमा अगाडी बढाइएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भएको छ।नेपालको संबिधानको धारा २२१ को उपधारा १ बमोजिम सैनामैना नगरपालिकाले नगरसभाबाट सैनामैना नगरपालिकाको न्यायिक कार्यबिधि सम्बन्धी एेन २०७५ बनाएर न्यायिक समितिको काम कार्वाही अगाडी बढाइएको प्रमुख भण्डारीले बताउदै सैनामैनामा आएका बिवादलाइ छिटो छरितो रुपमा सम्पादन गर्ने तर्फ बिशेष ध्यान दिइएको समेत भण्डारीले बताउनु भएको छ ।

वहाले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको अधिकार क्षेत्र दफा ४७९१० न्यायिक समितिलाइ आलीधुर, बाध पैैनी, कुलो वा पानीघाटको बाँडफाड वा उपयोग अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस,दाउरा, ज्याला मजुरी नदिएको घरपालुवा पशुपंक्षी हराएको वा पालेको, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको,नाबालक छोरा छोरी वा पति—पत्नीलाइ इज्जत आमद अनुसार लाउन वा शिक्षा दीक्षा नदिएको बार्षिक पच्चीस लाख रुपैयाँ सम्मको बिगो भएको घरवाहाल र घर बहाल सुबिधा, अन्य व्यक्तीको घर,जग्गा वा सम्पत्तिलाइ असर पर्नेगरी रुखविरुवा लगाएका आफ्नो घर वा बलेसीबाट अर्काको घर,जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, संधियारको जग्गा तर्फ भ्याल राखि घर बनाउनु पर्दा कानुन बमोजिम छोडनुपर्ने प्रमाणको जग्गा नछोडी बनाएको कसैैको हक वा स्वामित्वमा भएपनि परापुर्व देखि सार्वजिनक रुपमा प्रयोग हुदैै आएको बाटो,वस्तुभाउ निकाल्ने निकास,वस्तुभाउ चराउने चौर,कुलो,नहर,पोखरी पाटिपौवा,अन्तेष्टी स्थल,धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुन्याएको,संघीय वा प्रदेश कानुनले स्थानिय तहबाट निरुपण हुने भनी तोकेको अन्य र विवाद मिलाउन न्यायिक समितिलाइ अधिकार रहेको बताउनु भएको छ।

सैनामैनाका न्यायिक समिति सदस्य तथा ईश्वरी भण्डारीले न्यायिक समितिमा आएको निबेदनलाई नियम संगत दर्ता गरी प्रकृयागत रुपमा अगाडी बढाउने गरेको बताउनु भएकोछ। भण्डारीले भन्नु भयो ूबिवाद जुन वडाको हो त्यही वडाको मेलमिलाप समिति मार्फत छलफलमा बोलाइने र बिवादिद पक्षले आफ्ना लागी तोकिएको मेलमिलाप कर्ताबाट एक जना सहजकर्ता राख्न पाउने गरी दुबै पक्षका सहजकर्ता र बिवादिद पक्षलाइ सामुहिक छलफलमा राखेर छलफल गरिन्छ र दुबै पक्षको जित जितको सिद्धान्तमा मेलमिलाप गराइने भण्डारीले भन्नु भयो।