कञ्चनमा जानकी ग्यासको सिलिण्डर पड्क्यो

प्रकाशित मिति:

बैशाख,कञ्चन – कञ्चन गाउपालिका वार्ड नं।४ बागेश्वरी चोकमा आज दिउस करिब १ बजेको समयमयामा भान्सा गर्दै गर्दा जानकी ग्यासको सिलिण्डर पड्केको छ। भिम बहादुर क्षेत्रीको घरमा डेरा गरि बस्दै आएका चाट तथा फुल्की ब्यबसायी जिल्ला रुपन्देही शुद्दोदन गापा वार्ड नं। ७ बस्ने राकेश यादबको कोठामा यादबले चुल्हामा फुल्की बनाउदै गर्दा सिलिण्डरको नोजलबाट ग्यास लिग हुन गै ग्यास सिलिण्डर पड्केको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएकोछ।

सिलिण्डर पड्किदा भिम बहादुर क्षेत्रीको घरमा राखिएको बिजुलीको मिटर बकस जलेर पुर्णरुपमा नस्ट भएको छ भने यादब डेरा गरि बस्दै आएको कोठामा भएको  मोबाइल,लत्ताकपडा,खाध्यान्न,फुल्की तथा चाट बनाउने भाडा,टिभी,फ्रिज मैदा ,आटा लगायत सामानहरु जलेको छ।इप्रका रुद्रपुरका अनुसार त्यसरी ग्यास पड्किदा करिब ३ लाख बराबरको क्षति भएको छ।परिवार सहित बिगत ४ महिना देखि भिम बहादुर क्षेत्रीको घरमा भाडा बसी दैनिक रुपमा चाट तथा फुल्की बनाइ ब्यबसाय गर्दै आएका यादबले फुल्की बनाउन लाग्दा एक्कासी नोजलबाट ग्गास लिग भै सिलिन्डर पड्किदा कुनै मानबिय क्षति भएको छैन।