तिनघरे माविमा आईटीएफ तेक्वान्दो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सोम दियाली, लालबन्दी पढाईको अलवा बालबालिकालाई खेलकुदमा समेत अगाडी बढाउने उदेश्यले तिनघरे माविमा आईटीएफ तेक्वान्दो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईटीएफ तेक्वान्दो संघ र तिनघरे माविको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षता तथा लालबन्दीन नगरपालिकाका मेयर मान वहादुर खड्काको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको मंगलवार उद्घाटन भएको हो । बालबालिकालाई पढाईका अलवा खेलकुदका माध्यमबाट शारीरीक र मानसिक रुपमा स्वस्थ बनाउँदै अनुसाशित बनाउने उदेश्यका साथ विद्यालयले बालबालिकालाई आईटीएफ तेक्वान्दो खेलाउन सुरु गरेर प्रशंसनीय कार्य गरेको कार्यक्रमका बक्ताहरुले बताएका छन् । नगरको शिक्षाको सुधारमा आफु सवैभन्दा बढी चिन्तित भएको नगरप्रमुख खड्काले बताउनु भयो । विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थितीलाई नियमित बनाउन र शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले छिट्टै नै नगरका सवै विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने जानकारी दिनु भयो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ विद्यालयमा बालबालिकालाई खेलकुदका गतिविधिमा संलग्न गराइएको विद्यालयका सहायक प्रधानाध्यापक नेत्र प्रसाद अधिकारीले बताउनु भयो । कार्यक्रममा लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गणेश वहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष उज्वल कार्की, आईटीएफ तेक्वान्दोका जिल्ला अध्यक्ष श्याम शिवाकोटी, डिम जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण गौतम, तिनघरे माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनक बहादुर थापा, अर्जुन चौलागाई, पूर्व प्रधानाध्यापक हरि ढुंगेल, संस्थापक अध्यक्ष नारायण अधिकारी, शिक्षासेवी उद्धव पाठक, राजु बढाथोकी, परवानीपुर खानेपानी संस्थानका अध्यक्ष गंगा बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।