बुटवलमा एकिकृत शहरी गुरुयोजना लागु : मेयर सुबेदी

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाले एकिकृत शहरी गुरुयोजना निर्माणपछि थालिएका कामको प्रभाबकारीता बढ्दै गएको नगर प्रमुख शिबराज सुबेदीका दाबि गरेका छन । नगरले भौतिक बिकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाएर काम गरिरहेको सुबेदीको भनाइ छ । बुटवलको भबिश्य सुन्दर रहेको भन्दै बुटवल—भैरहवा—लुम्बिनी मेघा सिटीका रुपमा बिकास गरिने उनले बताए ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मेयर सुबेदीले आफुहरुको अहिलेसम्म १ बर्ष १० महिना कार्यकाल बिताएको बताए । उनले धेरै कामहरु सहि बाटोमा आएको भन्दै तत्काल रिजल्ट नदेखिएपनि भबिश्यमा अहिले गरेका कामका प्रगति र उपलब्धि देखीने बताए । उनले बिकासको आधारको पहिचान गरिएको भन्दै पर्यटन,कृषि,उद्यँेग र ब्यापारलाइ नै मुख्य प्राथमिकतामा राखिएको बताए । स्रोतको पहिचान,सम्पदाको बिकास सम्बद्धनमा हामी लागेका छौं,हिजो लाखमात्रै आम्दानी नहुने मणिमुकुन्द सेन उद्यानबाट फूलबारीबाट अहिले साढे ३ करोड भन्दा बढि आम्दानी हुन थालेको छ । उनले सुनाए ।

बजेट नीति, बुटवलको भबिश्यको चिन्ता हामीले गरेका छौं,मान्छे सबै मरिन्छ तर बुटवल,संस्कार,संस्कृती त मर्दैन त्यसैले एकजना मान्छेभन्दा त्यो ठूलो कुरा हो भबिश्यका लागि उनले भने । अन्तराष्ट्रिय बिमानस्थल,बुटवल बेलहिया सिक्स लेन,बुटवलको सम्मेलन केन्द्र ,डेढ अरबको प्रदर्शनी स्थल,तिनाउ दानव तटबन्ध,भूमिहीन अब्यबस्थीत बसोबासीको ब्यस्था ,बुटवलका बाइपास सडकहरु अहिलेका उपलब्धि भएको सुबेदीको भनाइ छ । बुटवलको पार्किङ समस्या ३ बर्षभित्र सकिने भन्दै उनले पार्किङ भवन बनाउन लागेको समेत बताए । सडक निर्माणमा अक्सवाल प्रबिधिको प्रयोग गरिएको उनको भनाइ छ । उनले केहि चुनौती रहेको भन्दै पूर्वाधारमा धेरै खर्च,बहुबर्षिय योजना बनाउनुपर्ने लगायतको अप्ठ्यारा भएको सुनाए । आब ०७६÷०७७का लागि १ अरब ८४ करोडको बजेट सिलिङ तयार पारिएको उनले जानकारी दिए ।

राष्ट्रिय गौरवका आयोजनालाइ ढुंगा गिटी किन नदिएको भन्ने पत्रकारको प्रश्नमा मेयर सुबेदीले भने —‘आयोेजनाको स्टीमेट अंक के हो, आधार के हो रु बिचौलीयाले धेरै खाएकाले कारबाहि गरिएको हो । सो अबसरमा बोल्दै जनसंघर्ष दैनिकका प्रधानसम्पादक बालकृष्ण चापागाइले बिगत २ बर्षमा नेपालमा सबैभन्दा बढि भ्रष्टाचार भएको दाबि गरे । उनले स्थानीय तहसहित अन्य संस्थामा बिज्ञापनहरु बिज्ञापन एजेन्सीले धेरै मुख्यमा लैजाने गरेको र मिडिया हाउसमा न्यनु पैसामा बिज्ञापन छाप्नुपरेकोमा दुख ब्यक्त गर्दै बिचौलीयालाइ नियन्त्रण गर्न रोक्न मेयर सुबेदीको ध्यानाकर्षण समेत गराए ।