पानी माथिको ओभानो नबनौं :सुनील साह

प्रकाशित मिति:

अमेरिकाएनआरएनए अमेरिकाको आसन्न निर्वाचनका अध्यक्ष पदका प्रत्यासी सुनील साहले आफ्ना प्रतिद्वन्दीहरुलाई ‘पानी माथिको ओभानो नबन्न’ अनुरोध गरेका छन् । उनले भने, “काम गर्दा गल्ति हुन्छन, सबैले आफ्नो गल्तिको हिस्सा लिनु पर्छ, मैले मेरो भागको जिम्मेवारी लिन तयार छु ।”

सुनील साह प्रचार प्रसार अभियान मेरिल्याण्डको आयोजनामा भएको कार्यक्रममा बोल्दै साहले भने “हामी संगै थियौ । संगै एउटा टीम बनेर काम गरेका थियौ । आज आएर राम्रा काम मैले गरेको नराम्रा काम उसले गरेको भनेर दोषारोपण गर्नुको कुनै तुक छैन ।” साहको यो भनाई अध्यक्ष पदका अर्का उमेद्वार संजय थापाप्रति लक्षित थियो तर साहले थापाको नाम भने लिएनन ।साहले एनआरएनएलाई संस्थागत गर्न अहिलेसम्म भएका सकारात्मक पहलहरुको चर्चा गरेका थिए भने अझै धेरै काम गर्न बाँकी रहेको भन्दै त्यो जिम्मेवारी आफुले बहन गर्न खोजेको बताएका थिए ।

सोहि कार्यक्रममा साहले आफुलाई अनुभवका आधारमा मत दिएर निर्वाचित गराउन सबै मतदाताहरुसंग आग्रह समेत गरे ।कार्यक्रममा मेरिल्याण्डका स्टेट डेलिगेट ह्यारी भण्डारी, एनआरएनएका संस्थापक उपाध्यक्ष श्याम कार्की र राप्रपा नेपालका केन्द्रिय सहमहामन्त्री प्रेमकुमार श्रेष्ठले एनआरएनए अभियानको महत्वका बारेमा बोल्दै सबै उमेद्वारहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा आईसीसी पदका उमेद्वार द्वय जेदु पोखरेल र शिवराज पौडेलले बोलेका थिए । सोहि अवसरमा उपाध्यक्ष पदका उमेद्वारहरु बिआर लामा र कृष्णजीवी पन्थ, अनि महासचिव पदका उमेद्वार गोपेन्द्र भट्टराईले पनि बोलेका थिए । कार्यक्रममा सह(कोषाध्यक्ष पदका उमेद्वार ज्ञानल थापा का साथै बोर्ड अफ डाइरेक्टर पदका उमेद्वारहरु अमर छन्त्याल, चित्रा केसी,अनुप खनाल, रामहरी खड्का, बासुदेव अधिकारी, डोरेन्द्र अधिकारी, राजीव प्रसाद श्रेष्ठ, प्रकाश बस्नेत, विश्व आङ्ग्दम्बे, बिशाल रानाले बोलेका थिए ।सोहि अवसरमा मेरिल्याण्डका अध्यक्ष पदका उमेद्वार द्वय डोलनाथ घिमिरे र महेन्द्र देशार, सचिव पदका उमेद्वार बिष्णु बरालले बोलेका थिए ।कार्यक्रममा मेरिल्याण्डका समाजसेवीहरु उमा शाह, पारश श्रेष्ठ, विजय श्रेष्ठ, सुभाष घिमिरे, राज सेन्चुरी, सुबोध विलास पन्त, चेतनारायण यादव, पूर्ण सिंह बराईली, कुल प्रसाद गुरुङ समेतले शुभकामना ब्यक्त गरेका थिए ।मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष पदका उमेद्वार राजु पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको संचालन संचारकर्मी सतिश चापागाईंले गरेका थिए । बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार तथा सुनिल साह प्रचार प्रसार समुह मेरिल्याण्डका सदस्य दुर्गा प्रसाद श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो ।