कटरीना भन्छिन्, ‘रणवीरसँग ब्रेकअप भएपछि टुटेकी थिएँ’

प्रकाशित मिति:

एजेन्सी -अभिनेत्री कटरीना कैफ र अभिनेता रणबीर कपूरको जोडी बलिउडको निकै चर्चित लभ कपल्स मध्येको एक हो । अहिले उनीहरु एकअर्काबाट टाढिएका छन् । दुईको ब्रेकअप करीब दुई वर्ष अगाडि भएको हो । फिल्म ‘अजिब प्रेमकी गजब कहानी’ को सेटबाट अंकुराएको उनीहरुको प्रेम फिल्म ‘जग्गा जासुस’ रिलिजपछि टुटेको थियो ।

रणबीरभन्दा पहिला कटरीनाको कहिल्यै ब्रेकअप भएको थिएन । किनकि, यो रिलेसनभन्दा ठिक पहिला उनी सलमानसँग रिलेसनमा थिइन् । तर, जब उनको जीवनमा रणवीरको प्रवेश भयो तब सलमानबाट टाढिइन् । उनी सलमानबाट टाढिनुलाई ब्रेकअप मान्दिनन् । रणवीरसँग ब्रेकअप भएपछि भने उनले आफूलाई सम्हाल्न सकेकी थिइनन् । हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, नयाँ यात्रामा अगाडि बढ्नका लागि वितेको यात्रालाई विर्सनै पर्छ । यो सम्बन्ध टुट्नुको कारण जे भए पनि त्यसमध्ये म आफ्नो भागको जिम्मेवारी लिन्छु । सायद ममा नै कुनै कमजोरी थियो होला । म दोस्रो व्यक्तिलाई जिम्मेवार मान्दिनँ ।

ब्रेकअपपछि आफूले खराब समय विताएको र आमाले साथ दिएको उनले बताइन् । कटरीना अगाडि भन्छिन,जब म आफ्नो जीवनको सबैभन्दा खराब समयबाट गुज्रिरहेको थिए तब मलाई आमाले सम्झाउनु भयो कि, जुन कुरा मेरो साथमा भयो त्यो दुनियाँका कयौं युवतीहरुसँग भएको छ । यस प्रकारको दुःख सहने म एक्लै होइन भन्ने जब बुझेँ तब फेरि जिन्दगीमा अगाडि बढेँ । उनी संसारमा आमाभन्दा ठूलो सहारा अरु नहुने बताउँछिन् ।