‘हाम्रो ग्रुपमा कसैले स्वतन्त्र भएर काम गर्न पाउँदैन’:दिपकराज गिरि

प्रकाशित मिति:

काठमाडौँ -हास्य टेलिभिजन श्रृंखला तितो सत्य को लोकप्रियता बिस्तारै घट्दै जान थालेपछि दीपकराज गिरी र दीपाश्री निरौलाले ४०र५० लाख जोरजाम गरेर पहिलो पटक ६ एकान ६ फिल्म निर्माण गरे । फिल्ममा तीन हास्य टेलिसिरियल तितो सत्यु, मेरी बास्सैु, जिरे खुर्सानीु का कलाकारहरुको अभिनय थियो । निर्माणमा होमिएको पहिलो फिल्मले नै मनग्य पैसा छाप्यो । यसपछि दीपकराजको समुहले फिल्म निर्माणलाई रोकेको छैन ।

वडा नम्बर ६ हुँदै सुपरहिट फिल्म छक्का पञ्जाु को तीन सिरिज निर्माण भइसकेको छ । सबै फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भएका छन् । अहिले दीपक(दीपाको समुहलाई नेपाली फिल्म क्षेत्र हाक्ने ड्राइभर भन्ने गरिन्छ । किनकि, यो टिमले निर्माण गरेको फिल्म प्रदर्शनमा आएपछि सुस्ताएको फिल्मको व्यापार चलायमान हुन्छ । बन्द हुने स्थितिमा पुगेका हलहरुमा चहलपहल सुरु हुन्छ । कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शक पनि हल पुग्छन् ।

केही वर्षयता दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समुहलाई दर्शकले आँखा चिम्लिएर विश्वास गर्दै आइरहेका छन् । यसैको प्रतिफल हो उनीहरुले निर्माण गरेका कुनै फिल्म असफल नहुनु । उनीहरुको फिल्म भनेपछि दर्शकमा ठूलो अपेक्षा रहने गरेको छ । यो टिमलाई ६ एकान ६देखि छक्का पञ्जा २ सम्म आइपुग्दा दुईरचारवटा चुटकिला जोडेर फिल्म बनाएको आरोप लाग्दै आएको थियो । यो आरोपबाट छक्का पञ्जा ३ ले धेरथोर मुक्त गर्‍यो ।
गएको तीन वर्षदेखि ुछक्का पञ्जाु को सिरिज निर्माण गर्दै आइरहेको दीपकराजको समुहले यस वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई फिल्म निर्माण गर्दैछ । रोहित अधिकारीको एकल लगानी रहने फिल्म ‘छ माया छपक्कै’ मा उनीहरुले मुनाफाको ५० प्रतिशत लिने सर्तमा काम गर्दैछन् । यस फिल्मको सोमवार औपचारिक निर्माण घोषणा भएको छ । यसपछि मुनाफाको ६० प्रतिशत दिने सर्तमा निर्देशक सिमोस सुनवारसँग पनि सहकार्य हुँदैछ । छक्का पञ्जा को तीन सिरिज निर्देशन गरेकी दीपाश्री निरौलाले मुनाफा लिने सर्तमा बाहिरी ब्यानरसँग सहकार्य गर्न लागेको फिल्मलाई निर्देशन गर्दै छैनन् । ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् भने सिमोसले निर्माण गर्ने फिल्ममा उनी स्वयंको एक्सन(कट रहनेछ । तर, फिल्ममा निर्देशक अरु भए पनि दीपकराज समुहको हस्तक्षेप रहने बताइन्छ । ‘छ माया छपक्कै’ मा निर्देशन सल्लाहकारमा दीपाश्री रहनुले पनि यसलाई थप प्रष्ट पार्छ ।
सोमवार यस फिल्मको घोषणा सभामा कलाकार तथा निर्माता दीपकराज गिरीले निर्देशकमाथि हस्तक्षेप हुन्छ वा हुँदैन रु निर्देशकले स्वतन्त्र भएर काम गर्न पाउँछ कि पाउँदैन रु निर्देशक लामा सेरोमोनियल निर्देशक त होइन रु लगायतका पत्रकारको प्रश्नको सामना गर्नुर्‍यो । उनले आफ्नो टिममा कसैले स्वतन्त्र भएर काम गर्न नपाउने स्वीकार गरे । उनले निर्देशकदेखि कलाकार कसैले स्वतन्त्र भएर काम गर्न नपाउने बताउँछन् । उनी भन्छन्, निर्देशकले मात्र गाडी हाक्यो भने दुर्घटना हुन्छ । किनकि, निर्देशकको एउटा मात्र भिजन हुन्छ । उसलाई सघाउने अरु हातहरुको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । मैले पनि यो फिल्ममा स्वतन्त्र भएर काम गर्न पाउँदिनँ । नराम्रो भइरहेको छ भन्ने लाग्यो भने सबैले हस्तक्षेप गर्छ । राम्रो भइरहेको छ भने सबैले सबैैलाई सघाउँछ । आफूहरुको टिममा निर्देशकलाई सजिलो हुने उनको भनाई छ । ुहाम्रो टिममा सबै असिस्टेन्टको रुपमा काम गरेर निर्देशकलाई मद्दत गरिरहेका हुन्छौुं, उनले भने । दीपकले निर्देशक लामा र आफ्नो स्कुलिङ फरक(फरक भए पनि समझदारी रुपमा अगाडि बढ्ने बताए । आफ्नो टिमले निर्माण गर्ने फिल्ममा सबै सेरोमोनियल र सबै जना कार्यकारी हुने पनि उनको भनाई छ । निर्देशक लामा पनि नराम्रो काममा हस्तपेक्ष हुनुपर्ने तर्क राख्छन् । फिल्म भनेको टिमवर्क हो । सबैको साथ सहयोगले मात्र फिल्म राम्रो बन्छु, उनी अगाडि भन्छन्, म निर्देशन विधाको विद्यार्थी हुँ । दुईटा फिल्म गर्दैमा कुनै निर्देशक स्थापित हुँदैन ।उनले ‘छ माया छपक्कै’ लाई छक्का पञ्जाु सिरिजभन्दा उत्कृष्ट बनाउन आफूले सक्दो मेहनत गर्ने बताए । उनी भन्छन्, यो टिममा आएर मैले एउटा इँटा थप्न सके भने पनि मेरो सफलता हुनेछ । उनले यस फिल्ममा अभिनय गर्ने कलाकारदेखि निर्माताहरु सबै निर्देशक रहेको बताउँदै भने यो फिल्म खासमा ुएभेञ्जरु जस्तो हो ।ु निर्देशक लामाको हातमा रहेको माइक लिँदै दीपकराजले निर्देशन जसले गरे पनि नतिजा राम्रो हुनुपर्नेमा आफूहरुको जोड रहने बताए ।