चोरी औँलाको सहायताले थाहा पाउनुहोस् तपाईमा हाकीम बन्ने योग छ की छैन

प्रकाशित मिति:

एजेन्सी –ज्योतिष शास्त्र अनुसार व्यक्तिको भविष्य हस्तरेखा बाट पत्ता लागाउन सक्ने ज्योतिषहरुले बताउँदै आएका छन् । मानिसहरुको व्यक्तिगत रुचि चाहना र स्वभाव फरक फरक हुन्छ । एक व्यक्ति अर्को व्यक्तिको स्वभाव र भाग्य थाहा पाउन निकै उतसुक हुने गर्छन् ।

हस्तरेखा विशेषज्ञको अनुसार मानिसको चोरी औँला हेरेर उसको नेतृत्व क्षमता कति रहेको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिने बताउँछन् । त्यसकारण ज्योतिष शास्त्र अनुसार चेरी औँला हेरेर व्यक्ति हाकिम बन्छ बन्दैन भन्ने कुरा कसरी थाहा पाउने भन्ने बारे बताउन गइरहेका छौँ । चोरी औँलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएको कारण यसलाई गुरु औँला भन्ने गरिएको पाइएको छ ।सामान्यतया व्यक्तिको यहि औँलालाई विशेष आधार मानेर उसको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्दी शास्त्रको दाबी रहेको छ । यदि कुनै व्यक्तिको चोर औँला माझी औला बरबर वा लामो छ भने त्यस्ता व्यक्ति नेतृत्वमा पुग्ने बताइएको छ । यी औँला सहित अन्य लक्षणहरु पनि देखिएमा यस्ता व्यक्तिले हजारौँ माथि राज गर्ने बताइएको छ । यदि चोरी औँला भन्दा माझी औँला लामो छ भने त्यस्ता व्यक्ति अत्याधिक घमण्डी हुने गर्छन् ।

त्यस्ता व्यक्ति तानाशाही स्वभावका हुने गर्छन् । त्यस्तै कुनै व्यक्तिको चोरी औँला सामान्य लम्बाइ भन्दा छोटो छ भने त्यस्ता व्यक्ति कम महत्वाकाँक्षी भएको हुन्छन् । उनीहरु नयाँ काम गर्न उत्साहित देखिदैनन् । चोरी औँला अनामिका औँला भन्दा अग्लो छ भने उनीहरु महत्वकाँक्षी र कहिले काँही उत्साहित हुने हुन्छन् ।उनीहरुले उत्साहित भएकै कारण धन पनि नाश गर्ने गर्छन् । यदि कुनै व्यक्तिको चोरी औँला र अनामिका औँला बराबर छ भने ती व्यक्ति पैसा कमाउने मान सम्मान प्राप्त गर्ने हुन्छन् ।उनीहरु हरेक परिस्थितीमा सन्तुष्ट हुने गर्छन् । हरेक व्यक्तिको हातको औँलाको तीन भाग हुन्छ । ती भागमा नै व्यक्तिको स्वभाव अध्यन गर्ने माध्यम रहेको हुन्छ ।यदि चोरी औँलाको पहिलो भाग नङतिरको भाग अन्य दुुई भाग भन्दा बढी छ भने त्यस्ता व्यक्तिले नेतृत्वको क्षमता राम्रोसँग गर्छन् । यद्यपी यो भाग अन्य २ भाग भन्दा सानो छ भने त्यस्ता व्यक्ति कमजोर हुने गर्छन् । उनीहरुमा हिनताबोध हुन्छ । चोर औँलाको बिच भाग ठूलो भएका व्यक्ति अहंकारी हुने गर्छन् भने आफ्नो जीम्मेवारी पुर्ण रुपले सम्पन्न गर्ने गर्छन् ।त्यस्ता व्यक्तिको घर समाजमा अन्य व्यक्तिको भन्दा राम्रो स्थानमा रहेको हुन्छ । तर चोरी औँलाको बिच भाग सानो छ भने त्यस्ता व्यक्ति कुनैपनि विपरित रुपमा गर्न सक्दैनन् । जुन व्यक्तिको औँलाकोे तल्लो भाग अन्य व्यक्तिको भन्दा ठूलो छ भने त्यस्ता व्यक्ति शारिरिक तथा मानिसिक दुवै रुपमा बलियो हुने गर्छन् ।