न्यू लाईटमा अभिमुखिकरण कार्यक्रम

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा–१ शंकरनगरमा रहेको न्यू लाइट माध्यमिक विद्यालयले आज शुक्रबार अभिभावकहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा एल. केजी र यू. केजीमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा असल अभिभावक कसरी बन्न सकिन्छ र बालबालिकाहरुसँग कसरी व्यवहार गर्नु पर्छ भन्ने विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रशिक्षक दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो ।
बालबालबालिकाहरुमा परिवर्तन ल्याउनका लागि पहिले अभिभावक सचेत हुनुपर्ने भएकोले अभिभावकहरुका लागि यस प्रकारको कार्यक्रम गरिएको प्राचार्य रमेश ज्ञवालीले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक संयोजक गोकुल पाण्डेले गर्नुभएको थियो ।