धादिङमा डरलाग्दो दुर्घटना: माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी

१८ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
30 Shares


धादिङ– बुधबार धादिङ गल्छीस्थित पृथ्वी लोकमार्गमा मोटरसाइकल र बस दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।आज चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७ प २५३८ नम्बरको मोटरसाईकल काठमाण्डौबाट नवलपरासीतर्फ आउँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रो बससँग ठक्कर खाएको थियो।

ठक्करबाट मोटरसाइकल अनियन्त्रित भई चितवनबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकसँग ठोकिएको थियो।दुर्घटनामा चन्द्रागिरी न।पा।५ काठमाण्डौ बस्ने वर्ष २९ को राज महर्जन र सोही ठाउँका ३० वर्षे कविकुमार महर्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल मुचुल्का पश्चात पोष्टमार्टमका लागि दुवै शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद