६ लाख चोरेर भाग्दाभाग्दै युवक पक्राउ

प्रकाशित मिति:

काठमाडौं । प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

लालबहादुर राईको घरको पहिलो तलामा रहेको कार्यालयको ढोका फुटाई दराजको सेफभित्र राखेको ६ लाख रुपैयाँ झिकेर भागेका उनलाई स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।धरान उपमहानगरपालिका घर भई अनामनगर नै बस्दै आएका राई यसअघि पनि पटक पटक चोरीको सामानसहित पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन् । ल्यापटप चोरी गरेको मुद्दामा २ वर्ष जेल बसेर छुटेका उनी छुटेको एक महिनामै फेरि पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।उनीमाथि महानगरीय प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान सुरु गरेको छ ।