खाल्डोमा डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति:

हेटौंडा – नदीजन्य पदार्थको अनधिकृत रुपमा उत्खनन गर्दा बनेको खाडलमा परी पश्चिम मकवानपुरको मनहरी खोलामा एक बालिकाको मृत्यु भएको छ ।मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ वर्षकी तुलसी मोक्तानको यस्तो खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोक्तान मनहरीस्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन् । प्याङ्चेभन्दा मुनि मनहरी खोलाको किनारमा गिट्टी बालुवा उत्खननको क्रममा एक्साभेटरले बनाएको गहिरो खाल्डोमा जमेको पानीमा डुब्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका चारजना साथीमध्ये मोक्तान हराएपछि साथीहरुले घरमा खबर गरिदिएका थिए ।अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा सिर्जनाको शव भेटिएको थियो ।