स्वास्थ्य क्षेत्रमा रहेका अबसर चिनेर राम्रो काम गर्छु : निर्देशक डा। गिरी

प्रकाशित मिति:

समाजिक बिकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य निर्देशनालय प्रदेश नं ५मा डा बिनोद कुमार गिरीले पदस्थापना गरेका छन ।एक कार्यक्रमका बिच समाजीक मन्त्रालयका सचिब पुष्करराज पन्त सहितको टोलीले गिरीलाई पदस्थापना गराएको हो ।
पदस्थापना पछि डा गिरीले प्रदेश नं ५को स्वास्थ्यक्षेत्रमा रहेका संरचना तथा स्वास्थ्यकर्मि संग हातेमालो गरेर अघि बढने बताएका छन । पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालयका निर्देशक भईसकेका डा गिरीले नयाँ तरिकाले अघि बढीरहेको स्वास्थ्यक्षेत्रमा रहेका अबसर चुनौतीलाई समाना गर्दे प्रदेश नं ५को स्वास्थ्य क्षेत्रलाई अघि बढाउने बताए।
३७ जनाको दरबन्दी रहेपनि उनीमात्र निर्देशनालयमा हाजीर भएका छन । डा गिरीले भने क्रमस कर्मचारीहरु आउने क्रममा जारी रहेको बताउदै केहिसमय सम्म क्षेत्रयि मेडिकल स्टोरका कर्मचारी को टिमसंग काम गर्ने बताए । प्रदेश नं ५मा १२ जिल्लाका स्वास्थ्य कार्यलयलाई घटाएर ४ बटा बनाएको छ । निर्देशनक गिरीलाई क्षेत्रिय मेडिकल स्टोरमा कार्यलय राखेर काम सुरु गरेका छन । उनलाई क्षेत्रिय मेडिकल स्टोरका प्रमुख बुद्धिराज काफ्ले सहितको टोलीले स्वागत गरेको थियो ।