प्रथम मुक्ति, राजेश, राजेन्द्र, ओमप्रकाश स्मृति कप नकआउट फुटवल प्रतियोगीता शुरु

प्रकाशित मिति:

कपीलवस्तु । नवलपरासीको भैरव फुटवल क्लवले बाणगंगामा बुधबारबाट सुरु भएको प्रथम मुक्ति, राजेश, राजेन्द्र, ओमप्रकाश स्मृति कप नकआउट फुटवलमा विजयी सुरुवात गरेको छ । बुद्ध रंगशालामा बुधबार भएको खेलमा चितवनको नयाँवस्ती एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नवलपरासीको जितमा पहिलो हाफको ३३ औँ मिनेटमा जर्सी नम्बर ११ का आशिष गुरुङ र दोश्रो हाफको ५० औँ मिनेटमा अनुप गुरुङले एक गोल गर्न सफल भए । बुधबारको हार संगै चितवन बाहिरिएको छ भने नवलपरासी अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा विहीबार पनि एक खेल हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख शिल्ड मेडल र प्रमाण पत्र पाउने छ भने दोश्रो हुनेले नगद १ लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने टोलीले पनि नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।