जैविक मल र विषादी बनाउने तालिम सम्पन्न

प्रकाशित मिति:

भैरहवा -मायादेवी गाउँपालिका रुपन्देहीको आयोजना ,बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ काठमाडौँको प्रविधिक सहयोगमा मायादेवी गाउँपालिका वडा नं ३ मा जैविक मल र जैविक विषादी बनाउने तालिम सम्पन्न भएको छ ।

मायादेवी गाउँस्तरिय समितिको संयोजनमा यहि बैसाख १४ देखी १८ सम्म सञ्चालित माटो र आमाको स्वास्थ्य सुधार अभियान अन्र्तगत भान्सा नै औषधालय भन्ने मुल मन्त्रका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको तालिमका प्रशिक्षक तथा कृषि तथा वातावरण विज्ञ रोमलाल गिरीले बताए ।स्थानिय स्तरमा भएका जडीवुटीको प्रयोग गरेर स्थानिय स्तरमै जैविक मल, जैविक विषादी र अचार बनाउने तालिम स्थानियहरुलाई दिएर सर्ब अन्न, सर्ब चटनी, सर्ब तरकारी, सर्बदाल, सर्बजडीबुटी कसरी बनाउने, ती चिजहरुलाई कसरी शरीर भित्र पठाउने र कसरी माटो र आमालाई कसरी पूर्ण बनाउने भन्ने जानकारी दिनु तालिमको मूख्य उद्धेश्य रहेको प्रशिक्षक गिरीले बताए ।

तालिम प्राप्त व्यक्तिहरुले एक जनाले कम्तीमा १० जनालाई तालिम दिएर १ बर्ष भित्रमा मायाँदेवी गाउँपालिकाका १, २ र ३ नम्बर वडा लाई भान्सा नै औषधालय वडा घोषणा गर्ने योजना रहेको पनि गिरीले बताए ।तालिममा मायादेवि गाउँपालिकाका ३२ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए ।