बालविवाह मुक्त भयो शुद्धोदनको वडा न २ , हेर्नुहोस् भिडियो सहित

प्रकाशित मिति:

शुद्धोदन गाउंपालिका वडा न २ एक कार्यक्रमका बीच बालविवाह मुक्त वार्ड घोषणा भएको छ । वडालाई बालविवाह मुक्त बनाउन २० वर्ष मुनिका बालबालिकाको विवाह भएको अभिलेख वडा कार्यालयमा दर्ता नहुने, बालबालिकाको अनिवार्य जन्मदर्ता गर्नुपर्ने, २० वर्ष मुनिका बालबालिकाको सामान्यतया विवाह हुंदैन विवाह भयो भने उजुरी दर्ता भएमा कानून अनुसार कारवाही गरिने,बाल संरक्षण समिती संचालन,

वडा स्तरिय तथा विद्यालयहरुमा गठित बाल संरक्षण समितीहरु क्रियाशील रहेको, वडामा भएका स्थानिय तह तथा समुदायमा रहेका संस्था, समिती, समूहहरु बालविवाह विरुद्ध सकृय रहेका, लमी पुरेतहरु बालविवाह नगराउने प्रतिबद्धता गरेका छन्, बालविवाहको जन्ती भोज आदिमा समुदायका कोही पनि सहभागी हुनेछैनन्, बालबालिका, अभिभावक बालविवाह विरुद्ध सचेत भएका छन् र प्रहरी प्रशासन पनि क्रियाशील भएर यस्ता कृयाकलाप भएमा कारवाही गर्न तत्पर रहेको वडा न २ का अध्यक्ष वस्यालले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सांसद बलदेव शर्मा पोख्रेलले अत्यन्तै सह्रानिय काम गरेर वडाबासीले सबैलाई राम्रो सन्देश दिएको बताउंदै यस्ता कार्य तर्फ सबै सचेत रहन सुझाउनुभयो । सो अबसरमा जिल्ला समन्वय समितीका अध्यक्ष एकराज बिक लगायतले बोल्नुभएको थियो ।