कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

१९ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ।

‘घटनाको विस्तत विवरण आइसकेको छैन। प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ,’ दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने। उनीहरु कुवेतको मंगाफस्थित ब्लक-४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताए। ‘खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ। उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो,’ मंगाफमा बस्दै आएका पराजुलीले भने, ‘प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ। अधिकांश अवैध रुपमा वस्दै आएका थिए।’  – कान्तिपुर 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश