केटी जिस्क्याएको भन्दै बेहुली पक्षले कुट्दा जन्तीको मृत्यु

प्रकाशित मिति:

गोरखा – केटीको निउमा बेहुली पक्ष र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँमा लम्जुङबाट जन्ती आएको थियो । जन्ती आएका ३४ वर्षीय बिष्णुबहादुर कुमालले केटी जिस्क्याएको भन्दै बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते उनको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताए । कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् । कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको एसपी रावलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।