अज्ञात रोगका कारण दुई महिलाको मृत्यु, दर्जनौं विरामीको अवस्था गम्भीर

प्रकाशित मिति:

बाजुरा – बाजुराको हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुइ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाली गाउापालिका वडा नं ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा हिजो दिउसो मृत्यु भएको रुगिन स्वास्थ्य चौकी की अनमी प्रेमकला मल्लले जानकारी दिनुभएको छ ।

त्यसैगरी सोही गाउँपालिका नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको सोमवार दिउसो मृत्यु भएको रुगिनका स्थानयि वासिनदा छप्की वुढथापाले जानकारी दिनुभएको छ । क्युडीमा सामान्यन्य रुघाखोकीको प्रकोप देखिएको ले अहेब धनवहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थयकर्मीको टोली पठाइसकेको अनमी मल्लले वताउनु भएको छ ।

प्राप्तजानकारी अनुसार सोही गाउँमा एक साता देखि फैलिएको रोगवाट अनि बुढा लगायत दर्जनौ मानिस विरामी परेका बताइएको छ । बाजुराको सदरमुकाम मार्तडीवाट करिव ४० कोष पैदल दुरी पर्ने रुगिन स्वास्थय चौकीमा विरामीको घुईचो छ । स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै दुई महिलाको मृत्यु भएको वताइएको छ । स्थानीय वासिन्दाका अनुसार सामँनय टाउको दुख्ने ज्वरो आउने विरामी थला पर्ने र नाखमुखवाट रगत ओखाल्ने जस्ता लक्षण देखापरेको छप्की बुढथापाले टेलिफोन सम्पर्कमा भनेका छन् ।

केही साता याता हिमाली गाउँपलिकाको छिमेकी जिल्ला हुम्लाको तांजाकोट गाउँपलिकामा महामारीका कारण केहीको ज्यान गएको थियो । बाजुरा जिल्लाको छिमेकी गाउँपालिकामा महमारी फैलएपछि गाउँमा कतै महामारीनै होकी भन्नेमा स्थानीय त्रसित भएका छन् – न्युजअफनेपाल