दरिद्रता,कंङ्गाल हुन बाट बच्नको लागि अपनाउनुहोस यस्ता जानकारी मूलक टिप्स

प्रकाशित मिति:

तपाई शास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ? शास्त्रका अनुसार जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ। शास्त्रमा उल्लेख भएका कुराहरुको जसको पालना गर्नु अनिवार्य मानिन्छ। ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन। यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ।

-यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ। अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।

-जमिनमा राख्नै नहुने कुरा शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।

-पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ।

-सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ।

-यिनीहरुलाई कहिल्यै तल नपार्नुस् आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ।

-घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस् जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ – एजेन्सी