बढ्न थाले घटना ,, रोल्पामा छोरीको बञ्चरो प्रहार वाट बाबु गम्भीर घाइते

प्रकाशित मिति:

रोल्पामा छोरीको बञ्चरो प्रहार वाट बाबु गम्भीर घाइते भएका छन् । रोल्पा नगरपालिका वडा नं. ४ तित्रीकोटमा १५ बर्षीया जानकी रावतको बञ्चरो प्रहार बाट ३७ बर्षीय बाबु भविन्द्र रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । छोरीले हानेको बञ्चरो बाबुको निधारमा लागेको र त्यसमा ५ वटा जति टाँका लगाइएको प्रहरीले बताएको छ । घाइते रावतको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको उनले बताए ।विहिवार राति दश बजेतिर घरायसी विवादका कारण जानकीले बाबु भविन्द्रलाई आवेशमा आएर बञ्चरो प्रहार गरि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । गएराति बाबुले छोरीको मोवाई माग्दा छोरीले बञ्चरो प्रहार गरेर फरार रहेको प्रहरीले जानकारी दिएको छ । फरार जानकी स्थानीय विद्यालयमा अध्यनरत छिन् । भविन्द्र रावतका दुई वटी श्रीमति रहेको स्थानीयले जानकारी दिएको भएपनि घाइते अवस्थामा रहेका उनी उपचाररत छन् ।