पुप्पाकाे मृत्युले सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा बैशाख २० गते शाेकबिदा !

प्रकाशित मिति:

बुटवल – बुटवलको पाखापानीमा ट्रिप्परको ठक्करबाट ज्यान गएकी सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत पुष्पा भण्डारीको शाेकमा क्याम्पसले शाेक बिदा दिएकाे छ । एक सूचना निकाल्दै क्याम्पसका प्रमुख बाबुराम पाण्डेले शाेककाे घडीमा दुख ब्यक्त गर्दै बैसाख २० गते शुक्रबार क्याम्पस बन्द रहने जनाएका छन् । क्याम्पसमा चलिरहेकाे कक्षा १२ काे परिक्षा भने यथावत रहने समेत जनाइएकाे छ ।

बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्ने बर्ष १९ की पुष्पा भण्डारीको ज्यान गएको हाे । उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत थिइन् । बुटवलबाट पश्चिमतर्फजादै गरेको लु ४५ प ७२३४ नम्वरको स्कुटरलाइ ट्रिप्परले ठक्कर दिएको थियाे । उनी परिक्षा दिएर आफ्नो बुबासंग घर फर्किदै थिइन् । प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

आफ्ना वुवा घनश्याम भण्डारीसंग स्कुटरको पछाडी बसेर घर फर्कर्दै गर्दा उनको ज्यान गएको हो । घनश्यामको अबस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । दोषिलाइ तुुरुन्त कारबाहिको माग गर्दै नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइले सडक अबरुद्ध पारेको छ । दुर्घटनामा संलग्नलाइ तत्काल पक्राउ गरि दोषिलाइ कारबाही गर्नुपर्ने नभए सडक ठप्प पार्ने नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ सभापति महेश शर्मा पौडेलले । बुटवलको तामनगर क्षेत्रमा पूर्व पश्चिम राजमार्ग २ घण्टादेखि सडक अबरुद्ध भएकाे दीपक तिमिल्सिनाले बताए ।