एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टमा कानूनविद् गुरुङको उम्मेदवारी

प्रकाशित मिति:

अमेरिका । अधिकारकर्मी एवं कानूनविद् छत्रकुमारी गुरुङले गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पद्मा उम्मेदवारी दिएकी छिन् ।
नेपालमा लामो समय मानवअधिकार र कानूनी क्षेत्रमा काम गरीसकेकी गुरुङले आफ्नो योग्यता, दक्षता र अनुभवलाई एनआरएनएको समग्र हितमा लगाउँन उम्मेदवारी दिएको बताइन्

यसैगरी उनले सबल, सक्षम र समावेशी एनआरएनए बनाउनका लागि पनि आफूले उम्मेद्वारी दिएको प्रष्ट पारिन् । ‘मेरो कार्यदक्षता, अनुभव र योग्यतालाई एनआरएनको बृहत्तर हित र सम्बृद्धिमा खर्चिनेछु’ उम्मेदवार गुरुङले भनिन् ‘मलाई आशा छ, यो मेरो योग्यता, क्षमता र कार्यगत अनुभवलाई एनआरएनको हितमा लगाउने अवसर अवश्य नै पाउनेछु ।’
गुरुङले नेपालको अन्तरिम संविधान मस्यौदा समितिको सदस्यसमेत रहेर संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

उनी यसअघि एनआरएनए अमेरिकाको महिला समिति र विधान समितिमा समेत काम गरेकी अनुभवी हुन् । विगत एघार बर्षदेखि अमेरिकाको न्यूह्यामसार राज्यमा बस्दै आएकी गुरुङले न्यूह्यामसर नेपाली समाज, अन्तर्राष्ट्रिय साहित्य समाज न्यूह्यामसर, एभरेष्ट लायन्स क्लब न्यूह्यामसर र गुरुङ समाज न्यूह्यामसर लगायतका दर्जनौं संघ संस्थामा विभिन्न पदमा रहेर कामको अनुभव संगाली सकेकी छन् । नेपाली कानून व्यवसायिको छाता संगठन नेपाल बार एशोसिएशनको पूर्व केन्द्रिय सदस्य एवं सर्वोच्च अदालतमा कानुन व्यवसायीको रुपमा यसअघि कार्यरत गुरुङ कानूनी सहयोग तथा परामर्श केन्द्र नेपाल र जनजाति महिला कानूनी सचेतना समूहको संस्थापक अध्यक्ष समेत हुन् ।