प्रदेशसभामा सांसदहरुद्धारा बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति:

प्रकाश खनाल -बुटवल -प्रदेश नं ५ को प्रदेशसभामा आज पनि सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।आज बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीको प्रदेश सरकार गठन भएको एक बर्ष नाघिसकेको र संघीय सरकार गठन भएको डेढ बर्ष बितिसक्दा समेत किशान तथा आम जनताको जिवनस्तरमा सुधार आउन नसकेको भन्दै जनताको जिवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरु अगाडी बढाउन माग गरे ।दाङ जिल्लामा भू–माफियाहरु र भुमिसुधार कार्यालयको मिलेमतोमा जनताका जग्गा हडपेर भरबार बिहीन बनाउने कार्य भैरहेको भन्दै त्यसको उचित छानबिन गरी दोषि उपर कार्बाही गर्नुपर्नेमा जोड दिए ।

जग्गामा मोहीयानी हक लाग्ने प्राबधान हटीसकेपनि भू माफीयाहरुले भूमिसुधारकार्यालयका कर्मचारीहरुसँको मिलेमतोमा हालसम्म पनि दाङमा जग्गाधनीलाई थाहानै नदिई मोही कायम गर्ने कार्य भैरहेको भन्दै उनले त्यस बिषयमा छानबिन गरी त्यस्तो कार्यमा संलग्नहरुलाई कार्बाही गर्न माग गरे ।उनले किशान तथा आम जनताको जिवनस्तरमाथि उठाउने खालका कार्यक्रम ल्याउन नसके समृद्ध प्रदेश खुसि जनता र समृद्ध नेपाल सुखि जनताको नारा नारामा मात्रै सिमित रहने उनको तर्क थियो ।

प्रदेशसभामा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशसभा सदस्यहरुको भुमिकालाई नीति नियम बनाउनेमा मात्रै सिमित गर्न खोजएको भन्दै आफु निर्वाचीत क्षेत्रको बिकास निर्माणमा स्थानीय तहहरुले प्रदेश सांसदहरुसँग समन्वय र सल्लाह लिदा स्थानीय तहको भुमिकामा कुनै हस्तक्षेप नहुने धारणा राखे ।अधिकारको अतिक्रमणको नाममा बिकास निर्माणमा सोही स्थानबाट निर्वाचीत सांसदहरुलाई भुमिकाबिहीन बनाउन नहुने बताए ।बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले भुमि व्यवस्थापन तथा भूमिहीन सुकुम्बासी समस्या समाधानकालागि प्रदेशसभामा पटक÷पटक आवाज उठे पनि प्रदेश सरकारले त्यस बिषयमा अहिले सम्म कुनै जवाफ नदिएको गुनासो गर्दै प्रदेशसभाको चालु तेस्रो अधिबेशनबाटै भुमि व्यवस्थापन आयोग गठन गर्न माग गरे ।चुनावमा भुमिहीन–सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउदै उनले तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए ।सुशासनबीना मुलुक समद्ध बन्न नसक्ने भन्दै प्रदेशसभा सदस्य श्रेष्ठले शुसाशन कायम गर्ने तर्फ सरकारको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गरे ।प्रदेशसभाको आजको बैठकले प्रदेश नं ५, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारीत गरेको छ ।त्यसैगरी आजको बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले प्रदेश लोक सेवा आयोगको गठन,काम,कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक र गाउँ सभा÷नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक पेश गरिन् ।आजको बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले यसअघीका प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।प्रदेशसभाको अर्को बैठक यही बैशाख २२ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।