गाजा तथा लागु औषध सेवन गरिरहेका बेला ८ युवा पक्राउ

प्रकाशित मिति:

कञ्चन, जगिलाल थापा कञ्चन गाउपालिकामा फेरी पनि प्रतिबन्धित गाजा सहित आठ जना युवाहरुलाई गाजा तथा लागु औषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका छन।इलाका प्रहरी कार्यलय,रुद्रपुरको गस्ती टोलीले सुराकीको आधारमा गस्तीको क्रममा कञ्चन गाउपालिका वार्ड नं। ४ बोरिङ बजारमा ती युवाहरु पक्राउमा परेका हुन।

पक्राउमा पर्नेहरुमा जिल्ला रुपन्देही कञ्चन गाउपालिका वार्ड नं। ४ अस्नैया बस्ने कुमार थापाको छोरा बर्ष १६का सागर थापा,सोही स्थान बस्ने बाबुराम बलालको छोरा बर्ष १८ को रबिन बलाल र अस्नैया बोरिङ टोल बस्ने दीपक बुढाको छोरा बर्ष १९ को सनम बुढा रहेका छन भने कञ्चन ५ पिपरीचापा बस्ने कमल पुनको छोरा बर्ष २१ को बिशाल पुन,सोही स्थान बस्ने ललित थापाको छोरा बर्ष १६ का समिर थापा,रमेश थापाको छोरा बर्ष २० कै पुरन थापा,समित रोकाको छोरा बर्ष १७ का सोनम थापा र सोही स्थान बस्ने टेक बहादुर गुरुङको छोरा बर्ष २३ का अनुप गुरुङ रहेका छन ।

इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक शिवराज ढुंगानाका अनुसार बोरिङ बजार स्थित जंगलमा सामुहिक रुपमा प्रतिबन्धित गाजा र लागु औषध सेवन गरिरहेको अवस्थामा दिउस करिब २ बजेतिर उनिहरुलाई नियन्त्रणमा लिइएको हो। ढुंगानाका अनुसार उनिहरु प्हिलो पटक भएको र प्राय नाबालक भएकोले उनिहरुलाई आगामी समयमा अबाञ्छित कार्यमा नलाग्ने शर्तमा आवस्यक सम्झाएर उनिहरुको परिवारको रोहवरमा जिम्मा लगाइएको छ ।