मौसमः फानीको प्रभाव नेपालमा पनि

प्रकाशित मिति:

काठमाडौं -शुक्रबारदेखि मौसममा बदली आउने भएको छ। देशको पूर्वी भूभागमा पूर्ण रुपमा बदली हुने र मध्य तथा पश्चिमी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली भुभागमा हल्कादेखि मध्यम खालको हिमपात हुने संभावना छ।त्यस्तै बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि सक्ने महाशाखाको अनुमान छ।उक्त चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।