साह–बन्जाडे समूहले बोर्ड सदस्य टुंग्याउदै

प्रकाशित मिति:

अमेरिका-एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा होमिएका अध्यक्षका प्रतिस्पिर्धिहरु आफ्नो समूहमा लिने पदाधिकारीहरूको टुङ्गो लगाएपछि बोर्ड अफ डाइरेक्टरमा लिने व्यक्तिहरू चयन गरिरहेका छन् । सुनिल साह पक्षधरहरूले समूहमा लिने चार जना बोर्ड सदस्यको नाममा मात्र आन्तरिक सहमति गरेको छ ।

पूर्ण चन्द्र बानिया, दुर्गा प्रसाद श्रेष्ठ , सत्य चौधरी र राजीव श्रेष्ठलाई उनीहरूले समूहमा राखेका हुन् ।साह पक्षधरले दिएको जानकारी अनुसार उपाध्यक्षमा प्रतिस्पर्धा गर्न अगाडि बढेर टिमको पक्षमा सहमतिका लागि बोर्ड अफ डाइरेक्टरमा मनोनयन गरेका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियालाई अगाडि बढाउने सहमति भएको हो ।

त्यस्तै मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले पनि उपाध्यक्षमा प्रतिस्पर्धाको तयारी गरेर पनि सहमतिका लागि बोर्ड अफ डाइरेक्टरमा बस्न तयार भएकाले उनको नाममा सहमति बनेको जनाएको छ । त्यस्तै इन्डियाना च्याप्टरका सभापति रकेट साइनटिष्ट राजीव श्रेष्ठ र इलेनोइज च्याप्टर अध्यक्ष सत्य चौधरीको नाममा पनि सहमति भएको जनाएका छन् ।बोर्ड अफ डाइरेक्टरका लागि चारजनाको नाममा सहमति गरौँ भनेर सबै पक्षबाट कुराहरू आइरहेको महासचिवका उम्मेदवार पशुपति पाण्डेले बताए । पाण्डेले भने “बोर्ड अफ डाइरेक्टरमा इच्छुक सक्षम साथीहरू निर्वाचित हुनसक्नु भयो भने संस्थालाई राम्रो हुन्छ भन्ने सबैको कुरा हो ।”