नेपाली काँग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको शुक्रबार बसेको बैठकले स्थानीय निकायले कुनै मापदण्ड विना हचुवाको भरमा कर वृद्धि गर्दा उद्योगी व्यावसायी तथा सर्वसधारणलाई मारमा पारेको भन्दै कर फिर्ता गर्नको लागि आग्रह गरेको छ । बुटवल उपमहानगरपालिकाका साविक बार्ड नम्बर १ देखि १३ सम्म तिलोत्तमा नगरपालिकाम बार्ड नम्बर १ देखि ६सम्म सैनामैना नगरपालिका १ देखि ४ सम्म गरी २३ वर्डाहरुलाई रुपन्देही क्षेत्र नम्बर २ निक्र्योलको गर्नको लागि नेपाली काँग्रेस जिल्लाकार्य समितिलाई आगह गरिएको छ । क्षेत्रीय सभापति हरी लम्साल अध्यक्षता भएको बैठकले रुपन्देही बार्ड तह सम्मको लागि पार्टी सुद्दिढीकरण गर्नको लागि बिषेश ढाचाँ तयार पार्न बैठकले निर्देशन दिएको छ ।यस्तै नेपाली काग्रेस क्षेत्र नम्बरका कोषध्यक्ष राज बहादुर क्षेत्री सैनामैना उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएको हार्दिक बधाई समेत दिएको बैठकपछि जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।