ज्ञानेन्द्र र कोमलले मनाए ४९ औं एनिभर्सरी

प्रकाशित मिति:

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ४९ औं एनिभर्सरी मनाएका छन् । शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका हुन् । तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख २०२७ मा विवाह भएको थियो ।

केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्या राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको बिहे भएको थियो । ज्ञानेन्द्रको बिहेको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग बिहे गरेका थिए । प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन् । वीरन्द्रकै बिहेका लागि राजा महेन्द्रले पुरानो नारायणहिटी भत्काएर अहिलेको नारायणहिटी दरबार बनाएका थिए ।

ऐश्वर्य र कोमलकी कान्छी बहिनी प्रेक्षासँग बिहे गरेका धीरेन्द्रको वैवाहिक जीवन भने सफल हुन सकेन। विदेशी युवतीहरूसँगको सम्बन्धका कारण ०४५ सालमा प्रेक्षासँग उनले सम्बन्धविच्छेदपछि उनको अधिराजकुमार पद पनि गुमेको थियो । आफ्नो विवाह भएको खुसीयालीमा उनीहरुले राजधानीकाे एक रेष्टुरेन्टमा विवाह वर्षगाँठ मनाएका थिए । दुवै जनाले केक काटेपछि एकअर्कालाई केक खुवाएका थिए ।