बिनोद रूवाली द्वारा युवा संयोजकमा उम्मेदवारी ,प्रतिबद्धता सहित

प्रकाशित मिति:

अमेरिका -बिनोद रूवाली द्वारा युवा संयोजकमा उम्मेदवारी सहित प्रतिबद्धता सार्बजनिक गरेका छन् । उनले ५ वटा प्रतिबद्धताहरुमा खेलकुद ,छात्रवृति ,एनआरएन को ई पुस्तकालय बनाउने बिषयमा पहल गर्ने जनाएका छन् ।

उनको प्रतिबद्धता तथा उनका भनाईको पूर्ण पाठ जस्ताको त्यस्तै

आदरणीय गैर आवासीय नेपाली दाजुभाई दिदी बहिनीहरु,म एनआरएन – एनसीसी अमेरिकाको युवा संयोजकको प्रत्यासी भएको कुरा यहॉहरुलाई अवगत गराउँदै युवा संयोजकको भूमिकामा मैले मैले गर्न चाहेका कुराहरु यहॉहरु समक्ष राख्न चाहन्छु ।

मेरो प्रतिवद्धताहरू

अमेरिकामा बसोबास गर्दै आइरहेका युवाहरूलाई एकीकृत, संगठित एवम् सशक्तिकरण गरि आफ्ना महत्त्वपूर्ण मुद्दाहरूमा आवाज उठाउन क्षमता बिकास गराई NRN movement मा सहभागी गराउँदै नेपालसंगको हाम्रो भावनात्मक संबन्ध दोस्रो र तेस्रो generationमा पनि कायम गराउनु मेरो मूख्य प्राथमिकता रहने छ। यसका लागि सबै  NCC chapterहरूको youth cordinator हरू सहभागी गराएर   youth forum गठन गरिनेछ।

खेलकूद मार्फत अमेरिका रहेका युवा र क्षमतावान खेलाडीहरूलाई नेपालमा हुने राष्ट्रिय खेलकूद तथा अन्य प्रतियोगिताहरूमा सहभागी गराउने कार्यलाई थप प्रभावकारी बनाउने ।

 NRNA chapter हरूसंग coordination  गरेर दोस्रो र तेस्रो generationका युवाहरूलाई नेपाली भाषा र संस्कृतिसंग अयललभअत ग़राउन बिभिन्न प्रतियोगितात्मक कार्यक्रम जस्तै नेपाल सम्बन्धि आर्ट compitition, निबन्ध लेखन जस्ता कार्यक्रम गराईनेछ।

-अहिले संचालनमा रहेको scholarship program लाई state chapter संग कोअर्डिनेशन गरी भार कजबचभ गरेर सबै कतबतभ मा बिस्तार गर्न पहल गर्नेछु।

-अहिले संचालनमा रहेको  NRN e-library project लाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन पहल गर्नेछु।

यी कार्यहरु पूरा गर्नका लागि यहाँहरूले आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन म हार्दिक अपिल गर्दछु । यहाँहरूको साथ र सहयोगले मलाई मेरा सङ्कल्प र वाचाहरू पूरा गर्न प्रोत्साहन मिल्ने छ । म प्रवासी नेपाली युवाहरुको हितको लागि निरन्तर लागि रहने छु ।यहाँहरूको सहयोगको उच्च सम्मान गर्छु गरिरहने छु ।

जयNRNA
जय नेपाल
बिनोद रूवाली
[email protected]
फ़ोन : ३४७-८२०-५५७३
उम्मेदवार युवा संयोजक
एनआरएन-एनसीसी, युएसए