बिरामीले किनेर होइन निःशुल्क रगत पाउने व्यवस्था हुन्छ ः अध्यक्ष कर्माचार्य

प्रकाशित मिति:

झविन्द्र देवकोटा ।

बढ्दो रगत व्यापारलाई निरुत्साहित गरी निशुल्क रगत व्यवस्थापन गर्न केन्द्रिय सरकार लागि पर्ने नेपाल स्वंयसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताउनुभएको छ । उहाले रगतको अभाव हुन नदिन सम्पुर्ण समाजका कार्यसमितिहरुमा सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपाल स्वयंसेवी रक्तदाता समाज, र उद्योग वाणिज्य संघ देवदहको संयुक्त आयोजनामा भएको बृहत रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो । १ सय ५४ पटकसम्म रक्तदान गर्नुभएका अध्यक्ष कर्माचार्यले सरकार पक्ष र कर्मचारी पक्षबिचको सहकार्यमा पिडित पक्षलाई निशुल्क रुपमा रगत व्यवस्थापन गरिने बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने सन्र्दभमा आवश्यक निति बनाएर अघि बढ्ने बताउनुभयो । रक्तदान नै महादान भन्ने कुरा तल्लोस्तर सम्म बुझाउन सके रगतको अभावमा कसैको मृत्यु नहुने बताउनुभयो ।

उहाले नयाँ रक्तदाताहरुको खोजी गर्नु नै अहिलेको आवश्यकता रहेको बताउदै रगत अभाव हुन नदिन गरेको कार्यको खुलेर प्रशंसा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल स्वंयसेवी रक्तदाता समाज देवदहका उपाध्यक्ष बालकृष्ण रिमाल, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल, समाजका अध्यक्ष विजय गुरुङ्ग, देवदह वडा नं ७ का वडा अध्यक्ष पदम थापा, नेपाल रेडक्रस सोसाइटी देवदह शाखाका सभापति कृष्णप्रसाद न्यौपाने लगायतले बोल्दै रगत अभाव हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताएका थिए । रक्तदान कार्यक्रममा ८१ प्वाइन्ट रगत संकलन गरिएको बताइएको छ ।