काठमाडौंको बौद्धमा बस दुर्घटना,१७ भन्दा बढी घाइते !

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंमा शुक्रबार बिहान बस दुर्घटना भएको छ। चाबहिल/जोरपाटी/बौद्ध/साँखु सडकखण्डअन्तर्गत बौद्ध टुसालमा बस दुर्घटना भएको हो। आलापोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस बिहान साढे ९ बजेतिर दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ।

दुर्घटनामा परी १७ भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर पीच सडकमै पल्टिएको हो। बसका चालक भने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।