सरकारको नीति तथा कार्यक्रम आज !

२० बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
27 Shares


                 प्रि–बजेट छलफल नभएको भन्दै काँग्रेसको असन्तुष्टि

काठमाडौं – आर्थिक वर्ष २०७६–७७ को वार्षिक नीति तथा कार्यक्रम आज संसद्मा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर प्रमुख प्रतिपक्ष दलले भने पहिले प्रि बजेट छलफल हुनुपर्ने बताउँदै आएको छ । अघिल्ला वर्षहरुमा पहिले प्रि बजेट छलफल र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत हुने भए पनि अहिले पहिले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रतिपक्षले असन्तुष्टि जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले फेसबुक पेजमा लेखेमा छन–नीति–कार्यक्रम सरकारको हो,सत्तापक्षीय दलले आम मतदातासँग गरेको वाचा अनुरुपका नीति–कार्यक्रम यसमा प्रस्तुत गरिन्छ । बजेट मुलुकको हो, यसमा सिंगो संसदको सुझाव समेटिन्छ । बजेट प्रस्तुत भएपछि त्यसमा १ पैसा पनि थपघट नहुने हुँदा नीति कार्यक्रमपछि र बजेट अघि प्रतिपक्ष सांसदको सुझाव समेट्न प्रिबजेट छलफल हुन्छ । हाम्रो प्रमुख प्रतिपक्षले यत्ति कुरा पनि नबुझेकै होला ?” नीति तथा कार्यक्रमपछि बढीमा तीनदिनसम्म त्यसमा छलफल हुनेछ । छलफलमा उठेका प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले दिनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया