हात्तीको दाह्रासहित २ जना समातिए

प्रकाशित मिति:

काठमाण्डौ – महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले यहि बैशाख १९ गते १७स्०० बजे मध्यपुर ठिमी नगरपालिका–१ कौसलटारबाट हात्तीको दाह्रा जस्तो देखिने बस्तु थान १ सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका–४घर भई काठमाण्डौ स्वयम्भु सानो भर्‍याङ बस्ने बर्ष ३० को रुपेश खडका गुल्मी घर भई काठमाण्डौ सोही स्थानमा बस्ने बर्ष २३ को भास्कर पौडेल छन् । निजहरूलाई हात्तीको दाह्रा जस्तो देखिने बस्तु थान १ सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।