पशु क्वारेन्टाइन चेकपोष्ट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा बेलहिया स्थित पशु क्वारेन्टाइन कार्यालय, पशु क्वारेन्टाइन चेकपोष्ट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।“एक नागरिक एक फलफुल विरुवा” रोप्ने राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष राम प्रसाद पन्थीले बताए । वातावरण संरक्षणको लागि वृक्षारोपणको आवश्यकता रहेकोले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने पन्थीले बताए ।

सो अवसरमा विभिन्न जातका आप, लिच्ची र कागतीका विरुवा रोपिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीका सदस्य मसहुर आलम खाँले जानकारी दिए ।कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बेलहियाका कार्यालय प्रमुख डा.प्रवेश शर्मा, अध्यागमन कार्यालयका प्रतिनिधि राजिव अर्याल, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीका उपाध्यक्ष चक्रपाणी पाण्डे, सचिव भिम बहादुर क्षेत्री, कोषाध्यक्ष हरि प्रसाद खनाल, सदस्य भोजराज न्यौपाने, हरि बहादुर विष्ट, दुर्गा बोहरा लगायतको उपस्थिीति रहेको थियो ।