युरोप र अमेरिकामा भारतीय नूनको माग बढ्यो !

प्रकाशित मिति:

                                                              प्रतिमहिना ८ लाख टनसम्म निर्यात

युरोप र अमेरिकामा लामो समयदेखि चलेको हिमपातले त्यहाँका वासिन्दालाई कष्ट भएको छ भने भारतीय नून निर्मातालाई वरदान साबित भएको छ । कैयौं मुलुकका सडकमा परेको हिउँ पगाल्न नूनको माग बढेको हो ।  यतिखेर अमेरिकामा ९० प्रतिशत नूनको आयात भारतबाट भएको छ । सडकमा परेको हिउँ हटाउन प्रायः सोडियम क्लोराइड वा अन्य केमिकलको उपयोग गरिन्छ । बढीमात्रामा हिउँ पगाल्न नूनको प्रयोग गरिन्छ । भारतको गुजरातमा बन्ने नून चीनको बाटो हुँदै युरोप, अमेरिका र रुस पुग्छ । यसरी नून निर्यात गर्दा सस्तो पर्ने बताइन्छ । चीनले पनि भारतबाट ठूलो परिमाणमा नून आयात गर्छ ।

इन्डियन साल्ट म्यान्युफ्याक्चर एसोसिएसन (आईएसएमए)का अनुसार दुई वर्षको अवधिमा चीनतर्फ जाने भारतीय नूनको मात्रा दोब्बर हुन पुगेको छ । चीनले भारतबाट लिने नून विशेष गरी डिआईसिङ(हिउँ पगाल्न)मा प्रयोग हुने गरेको छ । ‘चीनको बाटो हुँदै अमेरिका, युरोप तथा रुससम्म नून निर्यात गर्न सहज छ,’’ आईएसएमएका प्रेसिडेन्ट भारत रावलले भने, ‘‘अमेरिका सडक दुर्घटनालाई बढी ध्यान दिन्छ । अमेरिकाले पहिलापहिला डिआइसिङका लागि कमसल नून आयात गथ्र्यो, अहिले आएर उसले गुणस्तरीय नून नै प्रयोग गर्न थालेको छ ।’’ कच्छका एक नून निर्माता श्यामजी कनगडका अनुसार डिआइसिङ गर्ने उद्देश्यले गुजरातको नूनको आयात संसारभर नै हुन थालेको छ । सामान्य अवस्थामा सेप्टेम्बर महिनामा नूनको माग अधिक हुन्छ । ‘‘यस्तो समयमा प्रतिमहिना ७ देखि ८ लाख टन नून निर्यात हुने गरेको छ,’’ उनले भने  – नवभारत टाइम्स