कोटिहवामा जारी १८ औं लिस्नुकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु भएका छन । पशुपति उच्च माबिको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा आयोजक लिस्नु युवा क्लवलाई पराजित गर्दै नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल फाइनलमा प्रबेश गर्न सफल भएको छ । प्रतियोगितामा लिस्नुको १ गोलका बिरुद्ध नवयुवा ले २ गोल गरेको थियो । आजको खेलमा लिस्नुका गोल रक्षक सागर रोक्का म्यान अफ दी म्याच भएका छन ।
प्रतियोगितामा भोली शनिवार पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र बुटवल र डिवाईसी क्लव सियारी १ का बीचमा हुने खेल संयोजक अशोक गुरुगंले जानकारी दिनुभयो ।साउन २१ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले भाग लिएका छन् ।