गुडिरहेको कारमै युवतीमाथि बलात्कार

प्रकाशित मिति:

काठमाडौं – महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन ।

भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षे युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयम्ले हेल्पलाईनमार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन् ।

घटना आइतबारको हो । उनी सिमला मल रोडनजिक पैदल हिँडिरहेकी थिइन् । त्यत्तिकैमा एउटा कार उनको नजिक आएर रोकियो । उनलाई जबरजस्ती कारभित्र तानियो र गुडिरहेको कारमा बलात्कार गरिएको प्रहरीले जनाएको छ । -न्युजअफनेपाल